» » राजेन्द्र महतोले भन्नुभयो, ‘उपेन्द्र यादवले भनेको गठबन्धन उनको पार्टीको भातृसंगठन हो’

काठमाडौं, वैशाख २८ गते । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान पूर्नलेखन नभई केही हुँदैन भनेर चर्को माग राख्ने उपेन्द्र यादव सबै मागहरुलाई लात हानेर निर्वाचनमा होमिएको आरोप लगाउनु भएको छ ।

उहाँले संविधान पूर्नलेखन नभई केही हुँदैन भनेर आवाज उठाउने उपेन्द्र यादव उठाएका मागहरु पूरा नगरी निर्वाचनमा गएको आरोप लगाउँदै निर्वाचनमा जानु नै थियो भने किन त्यत्रो आवाज उठाएको आरोप लगाउनुभयो । उहाँले उपेन्द्र यादवले गरेको गल्ति जस्तो राजपाले नगर्ने दावी गर्नुभयो ।

राजधानीमा विहिवार आयोजित एक कार्यक्रममा उहाँले कुन–कुन पार्टी संशोधन विरोधी छन् भन्ने कुरा सारा विश्वलाई थाहा भइसकेको बताउनुभयो । महतोले भन्नुभयो, ‘ईस्यु छोडेर जाने र ईस्युलाई समर्थन नगर्ने दुवैको विरुद्धमा संघर्ष र कडा आन्दोलनहरु हुन्छन् ।’ उहाँले एमाले र संघीय समाजवादी फोरम नेपालले ईस्युलाई समर्थन नगरेको र ईस्यु छोडेको आरोप लगाउनुभयो ।

अध्यक्ष महतोले संघीय गठबन्धन एउटा मात्रै भएको र त्यसको संयोजक महन्थ ठाकुर रहेको समेत दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘संघीय गठबन्धनको संयोजक महन्थजी हुनुहुन्छ, र के कुरामा प्रष्ट हुनोस् भने गठबन्धन एउटामात्रै छ, हिजो मैले एउटा प्रेस वक्तव्य पनि हेरें, संघीय समाजवादी फोरमले जारी गरेको, तर त्यो गठबन्धन भनेको संघीय समाजवादी फोरमको भातृ संगठन हो ।’

उहाँले एक अर्को प्रसंगमा भन्नुभयो, आउने जेठ ४ गतेसम्म पनि संविधान संशोधन नभए मधेशी मोर्चाले तराई–मधेशमा कुनैपनि निर्वाचन हुन दिने छैन ।’

उहाँले जेठ ४ गतेसम्म संविधान संशोधन, मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई लगार्ईएका झुठा मुद्दा फिर्ता, राजबन्दी रिहाई र जनसंख्याको आधारमा स्थानीय तहको संख्या नबढाए मोर्चाले कुनैपनि निर्वाचनमा भाग नलिने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचनको लागि सरकारले माहोल बनाउनुपर्यो नि, अहिलेसम्म हामीसँग गरेको तीन बुँदे सम्झौता पालना गरेको छैन, अनि कसरी निर्वाचन हुन्छ, माहोल त बनाउनुपर्यो नि ?’
अध्यक्ष महतोले संविधानमा आफ्ना हकअधिकार स्थापित गराउनका लागि दर्जनौं मधेशी जनताहरुले साहादत दिएको बताउँदै सहिदहरुको सपना पूरा गर्नका लागि पनि संविधान संशोधनमार्फत अधिकारहरु स्थापित गराउनुपर्ने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयोे, ‘आवश्यक संविधान संशोधन नगरीकन कुनैपनि चुनाव हुन सक्दैन्् ।’ उहाँले संशोधन नगरीकन संविधान कार्यान्वयनको नाममा निर्वाचन गर्न खोजिए निर्वाचन नै प्रभावित हुने बताउनुभभयो ।

उहाँले सरकारले संविधान संशोधन गर्ने भनेर आफूहरुको सहमतिमा संशोधन प्रस्ताव अघि बढाएपनि अहिलेसम्म पारित नगराएकोमा दुःख व्यक्त गर्दै निर्वाचनको वातावरण बनाउनको लािग संशोधन प्रस्ताव त पारित गराउनुपर्ने बताउनुभयो । मधेश केन्द्रित दलहरुलाई निर्वाचनबाट बञ्चित गराउन नश्लवादी र हठवादी सोच ठूला दलहरुले देखाईरहेको आरोप उहाँले लगाउनुभयो ।

यसले मुलुकमा ठूलो दुर्घटना हुन्छ ।’ उहाँले आफ्ना साथीहरुलाई झूठा मुद्दा लगाएको अवस्था मोर्चा कसरी निर्वाचनमा भाग लिन सक्छ भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले थप्नुभयो, ‘हाम्रा साथीहरुलाई झुठा मुद्दा लगाईएको छ, राजबन्दी बनाईएको छ, यी सबै फिर्ता हुनुपर्छ, अनि स्थानीय तहको संख्या त्यो पनि झापादेखि कञ्चनपुरसम्म जनसंख्याको आधारमा बढाउनुपर्छ ।’

अध्यक्ष महतोले पहिलो चरणको निर्वाचनमा आफूहरुको कुनै अवरोध नभएपनि विरोध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिलो चरणको निर्वाचनमा हामीलाई बञ्चित गराईयो, तर हाम्रो यो निर्वाचनमा कुनै अवरोध छैन, अवरोध नभएपनि हाम्रो यसमा विरोध चाहीँ छ ।’

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..