काठमाडौ जेठ १६ गते –राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीका कार्यकर्ता तथा नेताले शान्तिपूर्ण रुपमा निर्वाचन कार्यालयमा तालाबन्दी गर्न जाँदा प्रहरीले दमन गरी घाइते बनाएको दावी गर्नुभएको छ ।
राजपा नेपालका अध्यक्ष ठाकुरले आज एक विज्ञप्ति जारी गरि विभिन्न माग राखि निर्वाचन कार्यालयहरुमा तालाबन्दी र घेराउको क्रममा राजपा नेपालको नेतृत्वमा शान्तिपूर्ण विरोध कार्यक्रम गरिरहेकाहरुमाथि सरकार आपत्तिजनक रुपमा दमन गरी महोत्तरी, धनुषा, रौतहटका विभिन्न स्थानहरुमा लाठीचार्ज गरी निर्ममतापूर्वक आन्दोलनकारीहरुको कुट–पीट गरिएको दावी गर्नुभएको छ ।
धनुषामा सरिता चौधरीको लुगा च्यात्ने र गाली गलौज गर्दै प्रहरीले असभ्य व्यवहार गरिएको दावी समेत विज्ञप्तिमा गरिएको छ । सप्तरीमा शान्तिपूर्ण विरोध कार्यक्रमहरुमा प्रहरीले हस्तक्षेप गरी राजेश कुमार लगायत दर्जनौंलाई घाइते बनाएको र एकसय ५० भन्दा बढी आन्दोलनकारीलाई गिरफ्तार गरेको दावी गरेको छ ।

No comments: