» » सांसद अभिषेकद्धारा एम्बुलेन्स प्रदान

कपिलवस्तु ,जेठ १७ गते । संघीय समाजवादी फोरम नेपालका सहमहासचिव एवं सांसद अभिषेक प्रताप शाहले स्व. अजय प्रताप शााह मेमोरियल ट्रस्ट द्वारा युवा क्लबलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ ।

कपिलबस्तु क्षेत्र नः ५ का सांसद अभिषेक प्रताप शाहका बुवा स्व.अजय प्रताप शाहको नाममा रहेको मेमोरियल ट्रस्टले भारतीय दुतावासबाट पाएको एम्बुलेन्सलाई आज एक कार्यक्रमका बीच दिगो विकास युवा क्लव रामनगरलाई हस्तान्तरण गर्नुभएको छ ।

स्व. अजय प्रताप शाहकी आमा मनोरमा देवी शाहले एम्बुलेसको सांचो युवा क्लबका संयोजक दिपेन्द्र सिंह चौधरीलाई हस्तान्तरण गर्नुभएको हो ।

 एम्बुलेन्सबाट गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म पुर्याउन लाग्ने खर्च सांसद अभिषेक प्रताप शाहले आफ्नो तलबबाट तिर्ने र थप ३ वटा एम्बुलेन्स यस क्षेत्रका जनतालाई दिने प्रतिवद्धता जनाउनु भयो ।

 सो कार्यक्रममा क्षेत्र नं. ५ का साविकका तीन गाबिस गणेशपुर, पत्थरदेईया र खुरुहुरियाका कुल ४३ जना महिला स्वयंसेविकाहरुलाई छाता पनि वितरण गरिएको छ । यसअघि साविकको गणेशपुर गाबिसका २० जना स्वयंसेविकालाई साईकल वितरण गरेको सांसद शाहले जानकारी गराउनुभयो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..