» » पूर्वमन्त्री यादवले भन्नुभयो, राजविराजलाई उपमहानगरपालिका बनाउन पहल गर्छु

राजविराज, वैशाख १६ गते । नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवम् सांसद उमेश कुमार यादवले राजविराज नगरपालिकालाई चिरा लगाउने षडयन्त्र भईरहेको भन्दै यस्तो कार्य कुनै पनि हालत हुन नदिने चेतावनी दिनु भएको छ ।

नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो चेतावनी दिनु भएको हो ।  राजविराजलाई समृद्ध एवम् विशाल बनाउनुको साटो व्यक्तिगत स्वार्थसिद्धिकालागि केही व्यक्तिहरु चिरा लगाउने षडयन्त्रमा लागेको बताउँदै उनले भने ‘राजविराजको छाती मानिने गजेन्द्र चौकदेखि उत्तर र दक्षिण चिरा लगाउने कुरा तत्काल बन्द होस्, यस्तो षडयन्त्र कुनै पनि हालतमा सफल हुन दिँदैनौं, बरु राजविराजलाई उपमहानगरपालिका बनाउनु पर्दछ ।’

सप्तरीमा न्युनतम २५ वटा स्थानीय तह कायम हुनुपर्नेमा पूर्वमन्त्री यादवले जोड दिनुभयो । उप–महानगरपालिका बनाउन आवश्यक पुर्वाधार र आसपासका केही गाविस थप गर्दा जनसँख्या समेत पुग्ने भन्दै माओवादी संसदिय दलको वैठकले समेत राजविराजलाई उपमहानगरपालिका बनाउन पहल गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

एक कार्यकाल चुनाव जित्नकालागि केही नेताहरु मनपर्दी ढङ्गले संरचना विभाजन गर्ने खेलमा लागेको भन्दै यस्तो सोच त्याग्न उनले आग्रह गर्नुभयो । यस अघि अवैज्ञानिक ढङ्गले गाविसहरु थपघट गरिएको र त्यसमा आफ्नो नाम जोडेरे काइते राजनितिक गाली गर्ने काम भईरहेको भन्दै त्यसमा आफ्नो कुनै संलग्नता नरहेको प्रष्ट पार्नुभयो ।

स्थानीय तह पुनर्संरचनामा नेपाली काँग्रेसका सांसद र नेताहरुले आफ्नो स्वार्थ सिद्धिकालागि गलत ढङ्गले निर्धारण गरेको उनले आरोप लगाउनुभयो ।

काँग्रेसले अडान नछोडेपछि उनीहरुकै ईच्छा अनुसार भएकोले यसको नैतिक जिम्मेवारी कांग्रेसले नै लिनुपर्ने बताउनुभयो ।

माओवादीका सांसद उमेश यादवले नै स्थानीय संरचना विगारेको भन्दै चौक–चौकमा भएका भाषण जनतालाई भ्रममा पारेर भोट प्राप्तिकालागि यस्तो भ्रम फैलाउने काम गरेको पूर्व सिंचाईमन्त्री समेत रहेका बताउनुभयो ।

प्रेस सेन्टर नेपाल सप्तरीका अध्यक्ष गोपाल प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनको सञ्चालन सचिव दिनानाथ यादवले गर्नुभएको थियो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..