सिरहा वैशाख १७ गते । सिरहाको नरहा गाउँपालिका ३ स्थित खोरिया बत्राहीका दुई वर्षीय बालकको हत्या गुरी शव गाडेको अवस्थामा फेला परेको छ ।
बालकलाई उनकै काकाले हत्या गरेको आशंका गरिएको छ ।
इलाका प्रहरी मिर्चैयाका प्रहरी नायव उपरीक्षक गजुरसिद्धी बज्राचार्यका अनुसार बुधबार बेलुका ७ बजेतिर आफ्नै घरबाट बेपत्ता भएका सिरहा नरहा गाउँपालिका ३ का रामभरोसी यादवका २ वर्षीय छोरा रन्जनको शव घर अगाडिको बारीमा गाडिएको अवस्थामा फेला परेको हो ।
बुधबार राति सात बजे घरमै रामभरोसीले ट्युसन कक्षा पढाइसकेपछि छोरा रन्जनलाई नदेखेपछि खोजी गरेको थियो ।
धारिलो हतियारले घाँटी काटेर घर अगाडिको बारीमा शव गाडेको अवस्थामा शुक्रबार साँझ फेला परेको थियो ।
प्रहरीले घटनामा संलग्न मृतक रन्जनका काका सुरेश यादवलाई पक्राउ गरेको छ । पक्राउ परेका सुरेश सगोलमा एउटै घरमा बस्नु हुन्थ्यो ।

No comments: