» » चुनावको मुखमा बारामा एमालेलाई ठूलो झटका

बारा चैत २२  गते । बारा जिल्लामा एमालेलाई ठूलो धाक्का लागेको छ ।
चैत २० गते एमालेका प्रभावशाली नेता एवंम बारा उद्योग वाणिज्य संघका अध्यक्ष बिनोद साहले पार्टीबाट राजिनामा दिनु भएको छ भने आज मेघु जयसवाल तथा शिवेन्द्र प्रताप सिहको नेतृत्वमा एमालेका थुप्रै नेताहरु तराई मधेश लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन् ।

चैत २० गते जिल्लाको चुनावी रणनीति बनाउन एमालेले बोलाएको जिल्ला कमिटि बैठकमा पार्टीले इमान्दार कार्यकर्तालाई कदर नगरेको र मधेशको सवालमा विभेदकारी चरित्र प्रदर्शन गरेको भन्दै विनोद साहले अचानक राजिनामा पत्र बुझाउनु भएको थियो ।

विगत ३० वर्ष देखि एमालेमा रहेर काम गरेका साह जिल्लाको शहरी भेगमा प्रभावशालि पकड भएका व्यक्ति मानिन्छन् । २०५४ सालमा एमालेकै टिकटबाट कलैया नगरपालिकाको उपमेयर जितेका साह दुई कार्यकालदेखि बारा उद्योग वाणिज्य संघको अध्यक्ष छन् ।

नेकपा एमालेको २ नम्बर प्रदेश सदस्य समेत रहेका साह यसअघिको संविधानसभा निर्वाचनमा जम्मा एक हजार मतले हार्नुभएको थियो । उहाँको बहिर्गमनले एमाले बारा –कलैया क्षेत्रबाट लोप हुने प्रायः निश्चित छ ।

एक भरपर्दो श्रोतका अनुसार साह पार्टि परित्यागपछि मधेशवादी दलमा जाने मनसायमा रहेको र उहाँको संघीय समाजवादी फोरम नेपालसंग कुरा भईरहेको छ ।

यता बिनोद साहले एमालेबाट राजिनामा दिएपछि बारा जिल्लाको ‘सियासि हलचल’ एकाएक बढेको छ । स्थानीय निर्वाचन नजिकिएको र त्यसपछि हुने प्रदेश तथा संसदीय निर्वाचनलाई समेत प्रभाव पार्ने गरि भएको बारा जिल्लाको यस राजनीतिक घटनाक्रमले एमालेलाई त डुबाउने निश्चित नै छ, सो भन्दा बढि पीर नेपाली कांग्रेसलाई हुने देखिन्छ ।

सांगठनिक रुपमा मजबुत हुदै गएको मधेसी दल खासगरी संघीय समाजवादि फोरम नेपाल र तमलोपा जो कोहिलाई पनि साहले साथ दिए दुई शक्ति एक हुने र कलैया उपमहानगरपालिका तथा यस अन्तर्गत रहेको निर्वाचन क्षेत्र नम्बर ३ मा विजय प्राप्त गर्ने जानकारहरुको ठम्याई छ ।

गत संबिधानसभामा साह दोश्रो र संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य प्रमोद प्रसाद गुप्ताले तेश्रो स्थान हासिल गर्नुभएको थियो ।


About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..