» » सरकार र मधेशी मोर्चाबीच सहमति !


काठमाडौ वैशाख ९–संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारबीच सहमति भएको छ । तर, प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारले सहमतिमा हस्ताक्षर गरेर अगाडि बढ्न भनिरहेको छ भने मधेशी मोर्चाले हस्ताक्षर होइन, सहमति भएका विषयलाई सविधान संशोधन गर्नुस् भनिरहेका छन् ।

जारी बैठकबाट एक नेताले भन्नुभयो, लगभग सहमति भइसकेको छ, सरकारले हस्ताक्षर गर्न भनिरहेको हामीले हस्ताक्षर होइन, सविधान संशोधन गरेर टुग्याउनुस भनेका छौ अब हेरौ के हुन्छ ।

उहाँले भन्नुभयो, हामीले यसअघि थुप्रै सहमति पत्रमा हस्ताक्षर गरिसकेका छौ तर कार्यान्वयन भएको छैन, यसपाली हस्ताक्षर होइन, कार्यान्वयन गर्न भनिरहेका छौं ।

भाषामा बहुभाषिक नीति राख्नुपर्ने, अगिकृत नागरिताधारीलाई वंशजको जस्तो अधिकार दिनुपर्ने, स्थानीय निकायलाई प्रदेश अन्तरर्गत राख्नुपर्ने, स्थानीय तहको सँख्या बढाउनुपर्ने, सविधानको धारा २७४ संशोधन गरि प्रदेशको विवाद समाधान गर्ने अधिकार सम्बन्धित प्रदेशलाई नै दिनुपर्ने लगायतका विषय विधेयकमा संशोधन गर्नुपर्ने माग मधेशी मोर्चाले गर्दै आएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..