» » बसपार्कमा आगलागी हुँदा चार बस जलेर नष्ट


पर्सा, वैशाख १५ गते । विद्युत् प्रवाह हुँदा वीरगन्ज उपमहानगरपालिका अस्थायी प्रहरी चौकी बसपार्कस्थित रहेको नन्दी गाडी ग्यारेजमा आगलागी हुँदा चार बस जलेर नष्ट भएका छन् ।

राखिएका तीन नयाँ बस र एउटा पुरानो बसमा आगलागीमा परेको पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले जानकारी दिनुभयो ।

बारा र पर्साबाट आएको वारुण यन्त्र र स्थानीय प्रहरी प्रशासनको सहयोगमा करिब दुई घन्टापछि आगो नियन्यत्रणमा लिन सफल भएको स्थानीय बासिन्दा विनोद साहले बताउनुभयो ।

वीरगन्ज उपमहानगरपलिकामा तीन वारुण यन्त्र भए पनि आगलागी हँुदा एक वटा मात्र बारुण यन्त्र आएको हुनाले आगो नियन्त्रण गर्नमा ढिलाइ भएको हुँदा स्थानीय बासिन्दा आक्रोशित भएका छन् । आगलागी के कारणले भएको हो भन्ने थाहा हुन सकेको छैन । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..