» » संशोधन फिर्ता गरी निर्वाचनमा अघि बढ्न एमालेको जोड


काठमाडौँ, वैशाख १६ गते । नेकपा (एमाले) को स्थायी कमिटीको आजको बैठकले व्यवस्थापिका–संसद्मा सरकारका तर्फबाट प्रस्तुत संविधान संशोधन विधेयकलाई फिर्ता गरी राजनीतिक सहमति निर्माण गर्न र घोषित निर्वाचन सम्पन्न गर्ने दिशातर्फ अघि बढ्न सरकारको ध्यानाकर्षण गराएको छ ।

“बैठकले सम्पूर्ण प्रयत्नका साथ उक्त विधेयकलाई असफल पार्न राजनीतिक दलहरुसँग संवाद र परामर्श गर्दै अघि बढ्ने निर्णय गरेको छ,” पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले भन्नुभयो ।

पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले स्थानीय तहको घोषित निर्वाचनलाई नै अन्योल र अनिश्चिततातिर धकेल्न विभिन्न पक्षबाट षड्यन्त्र भएको आरोप लगाउँदै त्यसलाई असफल पार्दै घोषित मिति २०७४ वैशाख ३१ मा नै निर्वाचन सम्पन्न गर्न ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो ।

बैठकमा प्रदेश नम्बर ३ का संयोजक अष्टलक्ष्मी शाक्य र प्रदेश नंम्बर ६ का संयोजक युवराज ज्ञवालीले स्थानीय तहमा पार्टीका तर्फबाट प्रस्तुत गरिएका उम्मेदवारका बारेमा प्रगति विवरण प्रस्तुत गर्नुभयो ।

प्रदेश नम्बर ६ का २५ वटा नगरपालिका र ५७ वटा गाउँपालिका गरी ८२ वटै तहमा सर्वसम्मतरुपमा सबै उम्मेदवार निर्णय भइसकेको छ ।

यसैगरी, प्रदेश नम्बर–३ मा महानगरपालिका र उपमहानगरपालिकामा सर्वसम्मतरुपमा उम्मेदवार चयनका लागि प्रयत्न भइरहेको छ र भोलिसम्ममा त्यसलाई टुङ्गो लगाइने सो पार्टीले जनाएको छ ।

एमालेमा सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, चितवन, मकवानपुर र ललितपुरमा सबै उम्मेदवारको टुङ्गो भइसकेको छ भने अन्य जिल्लामा पनि ९० प्रतिशतभन्दा बढी स्थानमा उम्मेदवार सर्वसम्मतरुपमा चयन भएका छन् ।

थोरै स्थानमा बाँकी रहेका उम्मेदवारको चयन आइतबारसम्ममा गरिने बताइएको छ । प्रदेश नम्बर–४ मा उम्मेदवार चयन अन्तिम चरणमा पुगेको छ ।

एमालेको स्थायी कमिटीबाट पारित पार्टीको स्थानीय निर्वाचनको घोषणापत्रलाई आइतबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा सार्वजनिक गरिने कार्यक्रम रहेको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..