काठमाडौ चैत ३१ गते । विभिन्न चार बुँदे माग राखी चैत ३० गते देखि नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा धर्ना बसेका नेपाल पत्रकार महासंघ सप्तरी शाखाका पत्रकारहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउन राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झा पुग्नु भयो ।
उहाँले पत्रकारको जायज माग नेपाल पत्रकार महासंघले अविलम्ब पुरा गर्नुपर्ने धारणा राख्नुभयो । सप्तरीका पत्रकारहरुले गरेको आन्दोलनप्रति मधेशी मोर्चाको पूर्ण समर्थन रहेको उहाँले बताउनुभयो ।
No comments: