जनकपुरधाम,चैत २३ गते । धुर्मुस सुन्तली फाउण्डेशनले महोत्तरीको बर्दिबासमा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर वस्तीका लागि जनकपुरका पत्रकार शैलेन्द्र महतो क्रान्तिले २० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
उज्यालो नेटवर्कका जनकपुर संवाददाता पत्रकार क्रान्तिले आज निर्माणधिन वस्तीमै पुगेर हाँस्य कलाकार तथा समाजसेवी सिताराम कटेल धुर्मुसलाई २० हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।
चर्चित हास्यकलाकार सीताराम कटेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले वर्षौदेखि अत्यन्त दयनीय जीवन व्यथित गरिरहेका मुसहरसमुदायका लागि एकीकृत नमुना वस्ती बनाएर महान कार्य गरेका भन्दै पत्रकार क्रान्तिले आफु पनि त्यसमा सक्ने थोरै आर्थिक सहयोग गरेको बताउनु भएको छ ।
त्यस वस्तीमा फाउण्डेशनद्धारा एकीकृत नमुना वस्ती निर्माणको घोषणा हुनु केहि दिन पूर्व आफु समाचार संकलनको क्रममा पुग्दा त्यहाँको मुसहर समुदायको पीडादेखेर आफुमा केहि सहयोग गर्ने ईच्छा पलाएको पत्रकार क्रान्तिले जानकारी गराउनुभयो ।
वस्ती निर्माणको शिलान्यासको दिन आफुले सहयोग गर्ने प्रतिद्धता गरेको २० हजार रकम हस्तान्तरण गरेको पत्रकार क्रान्ति बताउनुभयो ।
आफुले पत्रकारिता गरेरै कमाएको २० हजार रुपैयँ सहयोग गरेको पत्रकार क्रान्तिले बताउँदै दिनदुखी र वेसहाराहरुलाई धुर्मुस सुन्तली जस्तै सबैले आ–आफ्नै स्थानबाट सक्दो सहयोग गर्नु पर्ने बताउनुभएको छ ।
No comments: