काठमाडौ वैशाख ११–मधेशवादी दलको एकीकृत पार्टी राष्ट्रिय जनता पार्टीलाई पनि निर्वाचन आयोगले चुनाव चिन्ह नदिने भएको छ ।
नयाँ पार्टी दर्ता भएपनि चुनाव चिन्ह दिन नसकिने आयोगले स्पष्ट पारेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेशी मोर्चालाई निर्वाचनमा सहभागि गराउन हुने कठिनाई तथा असुविधाहरुको बारेमा छलफल गर्न आयोगका पदाधिकारी र मधेशी मोर्चाका नेताहरुलाई बालुवाटारमा बोलाएर छलफल गरेका हुन् ।
आयोगले मतपत्र छापिसकेको र नयाँ पार्टीलाई चुनाव चिन्ह दिन नसक्ने कानुनमा उल्लेख रहेका कारण पुरानै चुनाव चिन्हमा निर्वाचनमा जानका लागि मधेशी मोर्चाका नेतलाई सुझाव दिएको छ ।
मधेशका २० जिल्लाका लागि ८८ लाख मतपत्र छापिएको छ, यदि पुनः नयाँ चुनाव चिन्ह अनुसार मतपत्र छाप्नु पर्यो भने एक करोडभन्दा बढी मतपत्र छाप्नुपर्ने हुन्छ त्यसैले अहिले असम्भव रहेको आयोगले आज स्पष्ट पारेको बताइएको छ ।

No comments: