» » सरिता गिरीले नेपाल सद्भावना पार्टी ब्यूँत्याएको प्रेस विज्ञप्ति यस्तो छ


प्रेस विज्ञप्ति
हिजो बैसाख ७ गते का दिन नेपाल सद्भावना पार्टी लगायत अन्य केही दलको एकीकरणको घोषणा भई कायम भएको पार्टीको नाम राष्ट्रिय जनता पार्टी रहेको र उक्त एकीकृत पार्टीको चुनाव चिन्ह छाता रहेको जानकारी विभिन्न संचार माध्यम बाट जानकारी भएकोे छ ।

यस भंदा अघि प्रातः स्मरणीय स्वर्गीय गजेन्द् नारायण सिंह द्वारा अत्यन्त प्रतिकूल अवस्थामा मधेशी र जनजातिको समान अधिकार र राजनीतिमा समानुपातिक प्रतिनिधित्व तथा संघीय शासन व्यवस्थाका लागि २०४७ सालमा स्थापित गरिएको स्मरण गराउन चाहन्छु ।

 आदरणीय गजेन्दै बाबुको स्वार्गारोहण पश्चात् पार्टीको पाँचौ महाधिवेशन सफलतापूर्व सम्पन्न गरायी म अध्यक्ष निर्वाचित भए पनि निर्वाचन आयोगले उक्त महाधिवेशन लाई मान्यता दिन मानेन । संविधान सभा १ को सम्पुर्ण अवधिमा यस पार्टी को अस्तित्व जोगाउन हामी हरु ले अत्यन्त कठिन राजनीतिक र कानूनी संघर्ष गरेका थियौं र लगभग चार वर्ष को कठिन संघर्ष पश्चात् संविधान सभा १ विघटित भई सके पछि मात्र हामीले सम्मानित सर्वोच्च अदालत बाट न्याय पाएका थियौं । 

संविधान सभा २ को निर्वाचन मा धेरै प्रतिकूल कारण हरुले गर्दा हामी हरु नेपाल सद्भावना पार्टीको नेतृत्व संविधान सभामा गराउन असफल भयौं । त्यस बेला एक जना महिलाको नेतृत्वमा रहेको यस ऐतिहासिक पार्टीको अस्तित्व समाप्त गर्नका लागि धेरै तत्व हरु सक्रिय रहेका थिए । निर्वाचन आयोग पनि सम्मानित अदालतमा हामीहरु चार चार पटक पराजित भएको थियो । हामी हरुको भोट निर्वाचन आयोग ले अन्य पार्टीहरु लाई दिएको समाचार पनि हामीहरुले निर्वाचन आयोगकै विभिन्न सूत्र बाट प्राप्त गरेका थियौं । हामीहरुको मत बाट लाभान्वित हुने एउटा पार्टी संघीय सदुभावना पार्टी पनि रहे को थियो । 

 अत्यन्तै विषम परिस्थितिमा संविधान सभा २ मा नेपाल सद्भावना पार्टीको निरन्तरता कायम राख्ने उद्देश्यका साथ नेपाल सदुभावना पार्टी को एकीकरण श्री अनिल झाको नेतृत्वमा रहे को संघीय सद्भावना पार्टी संग एकीकृत पार्टी को नाम , झंडा र चुनाव चिन्ह मूल पार्टी नेपाल सद्भावना पार्टीको नै हुने शत्र्तमा हामीले गरेका थियों ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..