» » एन्टाको सम्मेलन हुने

अमेरिका (न्यूयोर्क) वैशाख १५ गते । अमेरिकास्थित मधेशीहरुको सङ्गठन ‘एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका’ (एन्टा), को सम्मेलन यही मइ, २६,२७ र २८ मा अमेरिकाको न्यूजर्सीमा हुने भएको छ ।

एन्टा अन्तरिम बोर्डका सचिव अरविन्द सिंह का अनुसार सम्मेलन आयोजक कमिटि बनाई सबैलाई जिम्मेवारी बाँडफाँड गरिएको छ ।

मधेसका लागि शान्ति र समृद्धिूभन्ने मूल नाराका साथ सम्पन्न हुने सो सम्मेलनको तयारी तिब्ररुपमा भइरहेको जानकारी समेत उहाँले दिनुभयो ।

अमेरिकाको करिब हरेक राज्यमा बसोबार गर्ने मधेसी समुदायको प्रतिनिधिमूलक सहभागिता हुने सो सम्मेलनमा  अमेरिकामा रहेका मधेशीहरुको बिच एक आपसमा के कस्ता सहयोगात्मक कार्य गर्नुको साथै आफ्नो भाषा , संस्कृति ,रिती रिवाज को सम्रक्षण र समव्रधन गर्नका लागि के कस्ता सहयोग गर्न सक्नुका साथै आफ्नो मात्रभुमी नेपालमा विगत भान्दा पनि अझ प्रभावकारी र विकास मुलक कस्ता कार्यक्रमहरु गर्न सकिन्छ भन्ने विषयमा विभिन्न विद्वानहरुले  आफ्नो कार्यपत्र प्रस्तुत गर्नुका साथै आफ्नो मनत्वय व्यक्त गर्ने छन ।

साथै सो सम्मेलनमा विभिन्न क्षेत्रमा ख्याति प्राप्त एवम् आफ्नो समुदायका हरेक किसिमका विकासका लागी सहयोग पुरयाएका व्यक्ति हरुलाई पुरस्कृत गर्नु का साथै आउदो दुर्इ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने पनि कार्यक्रम छ ।

उहाँका अनुसार, सम्मेलनमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गर्नुका साथै मधेसी समुदायको सहनसहन र भेषभूषा झल्किने झाँकीहरुको समेत प्रदर्शन गरिने छ ।

त्रिदिवसीय सो सम्मलेनमा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत, राजदूतावासका उच्च पदस्थ अधिकारीहरु, अमेरिकास्थित नेपाली समुदायद्धारा गठित विभिन्न सङ्घ सङ्गठनका पदाधिकारीहरु, समाजसेवीहरुका साथै नेपालबाट समेत केही व्यक्तिहरुको सहभागिता रहने जानकारी उहाँले दिनुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..