» » विहेकै दिन छतबाट लडेर मृत्यु

कपिलवस्तु, बैशाख १६ गते । गएराति कपिलवस्तुमा घरको छतमा सुतेकी एक किशोरीको खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शिवराज नगरपालिका ६, सन्डी बस्ने रामसेवक पासीकी १९ वर्षीय छोरी अनिता पासी रहनु भएको रातोपाटीमा समाचार छ ।

रातिको खाना खाएर घरको छतमा सुत्न गएकी किशोरी मध्यराति छतबाट एक्कासी खसेको पारिवारिक स्रोतले बताएका छन् ।

छतबाट खसेर गम्भीर घाइते भएकी किशोरीलाई उपचारका लागि चन्द्रौटातर्फ ल्याउँदै गर्दा राति नै मृत्यु भएको मृतक किशोरीका बुवा रामसेवा पासीले बताउनुभयो ।
किशोरीको मृत्युको खबर परिवारले विहान मात्र प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र भट्टराई नेतृत्वको टोली घटनास्थल पुगी मुचुल्का उठाएको थियो ।

मुचुल्कापछि मृत शवलाई पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो ।

यही आगामी जेठ ७ गते किशोरीको विवाह हुने पक्कापक्की भएको परिवारको भनाई छ । ‘

छोरीको विवाहको लागि तीब्र तयारीमा थियौं’ – किशोरीका बुवा रामसेवक पासीले भन्नुभयो । किशोरीको मृत्युले अहिले परिवार मात्र होइन सिंगो गाउँ नै शोकाकूल बनेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..