» » राजपा नेपाल दियो सरकारलाई वैशाख १८ गतेसम्मको अल्टिमेटम


काठमाडौ वैशाख १३ गते । आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) ले वैशाख १८ गतेसम्ममा सविधान संशोधन नभए चुनावमा भाग नलिने सरकारलाई अल्टिमेटम दिएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालको आज बसेको बैठकले सरकारले संशोधन विधेयक पास गराउनमा आनकानी गरिरहेको भन्दै वैशाख १८ गतेसम्म सविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने निर्णय गरेको छ ।

तर सत्तापक्ष र प्रतिपक्षि दलबीच देखिएको टक्करावका कारण वैशाख १८ गतेसम्ममा संशोधन विधेयक पारित हुने अवस्था देखिदैन । वैशाख १९ गते उम्मेदवारको मनोनयन दार्ता गराउने समय तोकिएको छ । 

संशोधन हुने अन्योलता देखेको कारण आजसम्म बुझाउनुपर्ने दस्तखत पनि सो पार्टीले बुझाएको छैन । आयोगले दस्तखत बुझाउन तोकेको दुई दिनको समयसीमा भित्र सो पार्टीले दस्ताखत नबुझाएपछि निर्वाचनमा उम्मेदवारी दिन नपाउने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..