» » उपेन्द्र यादवले भन्नुभयो, सरकारसँग कुनै प्रकारको सम्झौता भएको छैन


काठमाडौ ११ गते । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार र मधेसी मोर्चाबीच निर्वाचनको सन्दर्भमा कुनै प्रकारको सम्झौता नभएको बताउनु भएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा हिजो विराटनगरमा आयोजित विरोधसभामा उहाँले सम्झौता भएको विषयमा सञ्चार क्षेत्रले समाचार प्रसारण गरेर आतङ्क मच्चाइदिएको आरोप लगाउनुभयो । उहाँले संविधान संशोधन र राष्ट्रिय सवालका विषयमा सम्बोधन नगरिएसम्म निर्वाचनमा सहभागी नहुने पनि स्पष्ट पार्नुभयो ।

 उहाँले सम्झौता भएको विषयमा सञ्चार क्षेत्रले समाचार प्रसारण गरेर आतङ्क मच्चाइदिएको आरोप लगाउनुभयो ।
आन्दोलनको भावनालाई नसमेटिएको भन्दै संविधानमा देखिएका त्रुटीलाई सच्याइनुपर्ने विषयमा जोड दिँदै उहाँले मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम र थारुको भावनालाई समेटिनुपर्ने आवश्यकता माथि जोड दिनुभयो ।

सोही सभामा राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरु चुनावविरोधी नरहेको र चुनावी वातावरण बनाउने दायित्व सरकारको रहेको बताउनुभयो। उहाँले चुनावी वातावरण बनाउन संविधान संशोधन, विवादित संरचनामा परिवर्तन गर्नुपर्ने, अन्तरिम संविधानमा गरिएको नागरिकता, भाषालगायत विषयलाई यथावत राख्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

सरकारले मधेसी मोर्चासँग गरेका तीनबुँदे सहमति लागु गर्नुपर्ने र भ्रम फैलाउने कार्य बन्द गर्नुपर्ने उल्लेख गर्दै उहाँले झुठा मुद्दा फिर्ता हुनुपर्ने, आन्दोलनको क्रममा घाइतेको उपचार खर्च र मृतक परिवारलाई सहिद घोषणा गर्नुपर्ने माग दोहोर्‍याउनुभयो ।

सङ्घीय लिम्बूवान राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले सीमाङ्कनमा हेरफेर हुनुपर्नेमा जोड दिँदै मधेसी, लिम्बूवान, ताम्सालिङ सबैले आफ्ना अधिकारका लागि मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता बताउनुभयो ।

कार्यक्रममा नवगठित राष्ट्रिय जनता पार्टी (राजपा) का नेता डा.सुरेन्द्र झा, दिलीप धाडेवा, सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवम् सांसद उषा यादवलगायतले मोर्चा एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..