» » देउवाले ओलीलाई सिधै भन्नुभयो, अबको चुनाव मेरै सरकारको नेतृत्वमा हुन्छ


काठमाडौ वैशाख १७ गते । कांँग्रेस सभापति शेरबहादुर देउवाले ३१ वैशाखमा पहिलो चरणको निर्वाचन गर्न कठिनाइ भए आफ्नै नेतृत्वमा बन्ने सरकारले स्थानीय तहको निर्वाचन गराउने प्रस्ताव ओली समक्ष राख्नु भएको छ ।

एमाले अध्यक्ष केपी ओलीसँग उहाँकै निवासमा हिजो भेट्न पुग्नु भएका सभापति देउवाले दुई चरणमा चुनाव गरौं तर एकचरणमा चुनाव गर्ने हो भने आफ्नो नेतृत्वको सरकारले गर्ने प्रस्ताव ओली समक्ष राखेको स्रोतले जनाएको छ ।

बैशाख ३१ र जेठ ३१ गतेका लागि तोकिएको मितिमा चुनाव गर्न कठिनाइ भयो भने मेरो नेतृत्वमा बन्ने सरकारले चुनाव गर्नेछ,’ देउवाको भनाइ उद्धृत गर्दै अध्यक्ष ओलीनिकट स्रोतले भनेको समाचार आजको नयाँ पत्रिकाले लेखेको छ ।

त्यसको जवाफमा अध्यक्ष ओलीले सरकार फेरबदल एमालेको चासो र सरोकारको विषय नभएकाले एउटै चरणमा निर्वाचन हुनुपर्नेमा जोड दिनुभएको थियो । ‘सरकार परिवर्तन हुने–नहुने, त्यसमा को जाने नजाने, हाम्रो चासो र सरोकारको विषय होइन,’ ओलीको भनाइ थियो, ‘तर, निर्वाचन एउटै चरणमा हुनुपर्छ, निर्वाचन आयोगले कठिनाइ हुन्छ भन्यो भने ‘एक डेढ हप्ताको समय ग्याप राखेर दुई चरणमा चुनाव गर्न सकिन्छ ।’

एमाले महासचिव ईश्वर पोखरेलले संविधान संशोधन र निर्वाचनमा केन्द्रित रहेर कुराकानी भए पनि कांग्रेसले आफ्ना कुरा प्रस्टसँग नराखेको बताउनुभयो ।

 ‘उहाँहरूले संशोधन विधेयकमा सहयोग गर्नुपर्यो भन्दै सहयोग माग्नुभयो,’ भेटमा सहभागी एमाले महासचिव पोखरेलले भन्नुभयो,  ‘हाम्रो अध्यक्षले संशोधनको भाषा पढ्नुभएको छ कि छैन भन्दै प्रस्ट्याएपछि धेरै प्रस्ट कुरा नराखी उहाँहरू फर्किनुभो ।’ भेटमा कांग्रेस नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला तथा एमाले उपाध्यक्ष युवराज ज्ञवाली र महासचिव पोखरेल सहभागी थिए ।

एमालेको अडान सरकारले संविधान फेर्न सक्दैन
अध्यक्ष केपी ओलीसहित एमाले नेताहरूले सरकारले नै संविधान फेर्न सक्ने गरी विधेयकमा प्रस्ताव आएको भन्दै देउवाको ध्यानाकर्षण गराएका थिए ।

भाषा आयोगको सिफारिसमा सरकारी कामकाजको भाषालाई सरकारले निर्णय गरेर संविधानको अनुसूचीमा राख्ने विषय गम्भीर भएको भन्दै ओलीले संसारमा यसैगरी संविधान फेर्ने व्यवस्था कहाँ छ भन्दै प्रश्न गरेका हुन् ।

जवाफमा देउवाले विधेयकको उक्त मस्यौदा कार्यदलमा रहेका राजेन्द्र श्रेष्ठको प्रस्तावमा आएको जानकारी दिँदै गलत नियतले आएको–नआएको बुझेर मात्रै जवाफ दिन सक्ने बताएका थिए ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..