काठमाडौँ, वैशाख १४ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले आज भेट गर्नुभएको छ ।
एमाले मुख्यालय धुम्बाराहीमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार छलफलमा विद्यमान राजनीतिक गतिरोध, स्थानीय तहको निर्वाचनको तयारीलगायतका विषयमा विचार विमर्श भएको थियो ।
वैशाख १२ गते राजदूत पूरीले राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डललाई राजदूतावासमै बेलाएर छलफल गर्नुभएको थियो । सोही दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डलाई फोन गर्नुभएको थियो ।

No comments: