सप्तरी, चैत्र २२ गते । सप्तरीको राजविराज नगरपालिकामा आज दुई व्यवसायीको घर नजिकै बम फेला परेसँगै स्थानीय बासिन्दा त्रसित भएका छन् ।
वडा नम्वर–५ स्थित विनोद चौधरी र वडा नम्वर–४ स्थित रविन्द्र यादवको घर नजिकै सकेट बम फेला परेको छ ।
चौधरीको घरको गेटबाट बम फेला परेको छ भने यादवको घरको कम्पाउण्डभित्रबाट बम फेला परेको सप्तरीका एसपी अनुराग दिवेदीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार बम फेला परे लगत्तै सुरक्षाकर्मीले उक्त क्षेत्रमा घेरा हालेर बमलाई निष्कृय गरेको थियो ।
यसैबीच, जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का संयोजक जयकृष्ण गोइतले मंगलबारै विज्ञप्तिमार्फत उक्त बम आफ्नो संगठनले राखेको भन्दै जिम्मेवारी लिनु भएको छ ।
मोर्चाका केन्द्रीय संयोजक गोइतले जारी गरेको विज्ञप्तिमा सरकारले घोषणा गरेको स्थानिय निर्वाचनलाई बिथोल्न आफ्नो कार्यकर्ताले चन्दा माग्न जाँदा उनीहरुलाई षड्यन्त्रपूर्वक पक्राउ गर्ने गरेकोले चेतावनी स्वरुप बम राखिएको विज्ञप्तिमा उल्लेख छ ।

No comments: