» » संसदमा संविधान संशोधनबारे छलफल

काठमाडौँ, वैशाख १३ गते । व्यवस्थापिका–संसद्को आज साँझ बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मालिमामन्त्री अजयशङ्कर नायकले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।

सो प्रस्तावमाथि भाग लिँदै नेकपा (एमाले) का प्रकाश ज्वालाले संविधानको पटकपटक संशोधन ल्याउनु गलत भएको र संशोधन पहाड र तराईलाई छुट्याउने गरी ल्याएको बताउनुभयो ।

सांसद मीना पुनले सीमाङ्कनको विषयमा गम्भीर आपत्ति रहेको बताउनुभयो । रेवतीरमण भण्डारीले संविधान संशोधनका नाममा जथाभावी गर्ने काम भएको भन्दै आपत्ति प्रकट गर्नुभयो ।

प्रेम सुवालले संविधान संशोधन कुनै पनि दृष्टिले उचित नभएको धारणा राख्नुभयो ।

3#
बैठकमा नेकपा (माले) का सिपी मैनालीले वैवाहिक आधारमा नागरिकता दिने वैधानिक नभएको हुँदा संविधानले व्यवस्था गरेअनुसार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

रामेश्वर फुयाँलले प्रदेशसभाको अधिकार कटौती गर्न र लोकतन्त्रलाई कमजोर बनाउन संशोधन प्रस्ताव ल्याएको बताउनुभयो ।

सांसद शेरबहादुर तामाङले संविधान संशोधन सैद्धान्तिक रुपमा त्रुटिपूर्ण छ भन्नुभयो ।

लालबाबु यादव र अफिलाल ओखेराले संविधान संशोधन प्रस्तावमा छलफल गर्न नसक्ने धारणा राख्नुभयो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नायकले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सबै मातृभाषालाई सम्मान गर्ने उद्देश्यले भाषासम्बन्धी संशोधन ल्याइएको बताउनुभयो ।

उहाँले नागरिकताका विषयमा राष्ट्रघाती काम नभई नेपाल एउटा समृद्धिको बाटोमा लाग्न सक्छ भन्नुभयो ।

गणपूरक संख्या नपुगेपछि बैठक स्थगित 

एक चौथाइ पनि सांसद सदस्यको संख्या नपुगेपछि बैठक राती ९ः३० बजे आधा घण्टाका लागि स्थगित गरियो । हाल संसदमा रहेको संख्याको एकचौथाइ १४९ हुनुपर्नेमा १२८ सांसद मात्र उपस्थित भएकाले बैठक आधा घन्टाका लागि स्थगित भएको हो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..