काठमाडौँ, वैशाख १३ गते । व्यवस्थापिका–संसद् बैठकले “नेपालको संविधान (दोस्रो संशोधन० विधेयक, २०७३ माथि विचार गरियोस्” भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
संसद्को आज तेस्रोपटक बसेको बैठकमा संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हँुदा सभामुख ओनसरी घर्तीले बहुमतले स्वीकृत भएको घोषणा गर्नुभएको थियो ।
यसअघि संसद् बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय शङ्कर नायकले “नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७३ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तावउपर छलफलका क्रममा यसअघि गणपूरक सङ्ख्या नपुगेपछि बैठक आधा घन्टाका लागि स्थगित भएको थियो । संसद्को अर्को बैठक यही वैशाख १७ गते बिहान ११ बजे बस्नेछ ।
No comments: