» » ‘चलु राजमार्ग भरु राजमार्ग’ का योद्धा साफीको निधन

काठमाडौ वैशाख १६ गते । तेस्रो मधेस आन्दोलनको क्रममा २०७२ मंसिर ५ गते राती प्रहरीको गोली लागेर दुवै आँखा गुमाएका सप्तरीको मधवापुर–४ रघु साफी मृत्यु भएको छ ।

भारदहमा प्रहरीको गोली लागेर दुवै आँखा गुमाएका ५४ वर्षीय रघु साफीको शनिवार राती मृत्यु भएको हो ।

‘चलु राजमार्ग भरु राजमार्ग’ आन्दोलनका क्रममा राती राजमार्ग अवरुद्ध गराउने कार्यक्रममा सहभागी साफी प्रहरीको गोली लागेर दुवै आँखाको ज्योती गुमाउनुका साथै मानसिक सन्तुलन समेत क्षीण भईसकेको थियो ।

कुनै पनि दलको कार्यकर्ता नरहेका उहाँ स्वस्फूर्त रुपमा आन्दोलनमा सहभागी हुनु भएको थियो । अधिकारप्राप्तिको आन्दोलनमा लागेका उहाँलाई घटनालगत्तै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

देव्रे आँखा पूर्ण रुपमा फुटिसकेका उहाँलाई करिब एक महिना आइसियुमा राखेर उपचार गरिएको थियो ।

अस्पतालबाट डिस्चार्ज भएपछि गाउँमै बस्दैआएका आउनु भएका उहाँको आँखामा इनफेक्शन सम्बन्धि समस्या देखिएको थियो । उहाँलाई घरको आर्थिक अवस्था समेत जर्जर रहेका कारण थप उपचार तथा भरणपोषणमा समेत समस्या रहँदैआएको थियो ।

मधेश आन्दोलनका सहयात्रीको निधनको खबर पाएपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका केन्द्रीय नेताहरु नवलकिशोर साह, शम्भु झा, शैलेन्द्र प्रसाद साह, जयप्रकाश ठाकुरलगायतका नेताहरु मधवापुर पुगेका छन् । मृतक रघु साफीलाई पोष्टमार्टमकालागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जनाईएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..