» » राजकिशोर यादवले भन्नुभयो, ‘ज्योतिषले सिफारिश गरेको दिन पार्टी एकताको घोषणा गर्नेछौ’

काठमाडौं, चैत २३ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता एवम् मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले मधेशी मोर्चामा आवद्ध दलहरुवीच छिट्टै एकता हुने लागेको बताउनु भएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा बोल्नु हुँदै उहाँले मधेश केन्द्रित दलहरुबीच एकता गर्ने कुरा समय र जनताको माग हो, त्यसैले मधेश केन्द्रित दलहरुको एकता आवश्यक रहेको बताउनुयभो । उहाँले भन्नुभयो, ‘ज्योतिषले सिफारिश गरेको शुभदिन पारेर हामी एकता घोषणा गछौं ।’

उहाँले एक हप्ताभित्रै पार्टी एकता घोषणा हुने जिकिर गर्नुभयो । अध्यक्ष यादवले मोर्चाको अब एउटै पार्टी र एउटै झण्डा हुने दावी गर्नुभयो ।

उहाँले संविधान संशोधन नभएसम्म आफूहरु निर्वाचनमा भाग नलिने स्पष्ट समेत पार्नुभयो  । यादवले भन्नुभयोे, ‘यो संविधानलाई पूर्ण नबनाईकन हामी निर्वाचनमा जाँदैनौं, यथास्थितिमा हामी कुनैपनि निर्वाचनमा भाग लिँदैनौं ।’ आफूहरु बिना नै निर्वाचन गराउने हो भने गराएर देखाउन सरकारलाई चूनौति समेत उहाँले दिनुभयो ।

उहाँले सहमतिको लागि वार्ता तथा छलफलको लागि बोलाईएपनि अहिलेसम्म निकासको ठोस प्रस्ताव सरकारले अघि सार्न नसकेको आरोप लगाउनुभयो । उहाँले द्वन्द्वको खेती चाहनेहरुले अहिले निर्वाचनको नौटकीं गरिरहेको आरोप लगाउनुभयो । अधयक्ष यादवले आफूहरु निर्वाचनको विरोधी नभएको समेत जिकिर गर्नुभयो ।

उहाँले अहिले मोर्चालाई ठूला दलहरुले लोकतन्त्र र निर्वाचनको पाठ पढाउने काम भएको बताउँदै नेपालको क्रान्ति र ठूला ठूला आन्दोलनका ईतिहास खोतल्ने हो भने मधेशी जनताको योगदान कम नरहेको जिकिर गर्नुभयो ।

 उहाँले भन्नुभयो, ‘खासमा संघीय गणतन्त्र स्थापनाको लागि मधेशी जनताले विद्रोह नै गरे नि, तर एमालेले आजसम्म कुन आन्दोलन र क्रान्तिको नेतृत्व गर्यो त ?’ उहाँले प्रमुख प्रतिपक्षी दल एमालेले क्रान्तिको नेतृत्व नगर्ने र भाग खोज्ने काम मात्रै गरेको आरोप लगाउनुभयो ।

गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सफल बनाउनको लागि सरकारले स्थानीय तह सूरक्षा विशेष योजना स्विकृत गरेर मातहतमा पठाईसकेको बताउनु भएको छ । मन्त्री बानियाँले एक हप्ताभित्रै मतदान केन्द्र र निर्वाचन क्षेत्रमा सूरक्षा निकायलाई परिचालन हुने समेत जानकारी दिनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..