» » महासंघका अध्यक्ष विष्टले भन्नुभयो, राजेन्द्र महतोलाई स्वागत, मलाई किन नारावाजी (भिडियोसहित)


काठमाडौ चैत ३१ गते । नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले महासंघको केन्द्रीय कार्यालयमा धर्ना बसेका पत्रकारलाई गुनासो गर्नुभएको छ ।

महासंघ सप्तरी शाखाका पत्रकारहरुसँग वार्ता गर्दै अध्यक्ष विष्टले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई स्वागत गरेको र आफूलाई देखेर नारावाजी गरेको गुनासो गर्नुभएको छ ।

सप्तरी शाखाका पत्रकारहरुका धर्नाप्रति ऐक्यवद्धता जनाउन राजेन्द्र महतो सञ्चारग्राम पुग्नुभएको थियो । त्यही बेला महासंघका अध्यक्ष विष्ट पनि महासंघको परिसरमा आउनु भएको थियो तर परिसरमा आएपनि धर्ना बसेका पत्रकारहरु समक्ष नगएर प्रेस काउन्सिल भवनमा पस्नु भएको थियो ।

त्यो देखेर धर्नामा बसेका पत्रकारले नारावाजी गर्नुभएको थियो । त्यसका बारेमा अध्यक्ष विष्टले आन्दोलनकारीलाई भन्नुभएको थियो, तपार्इृहरुले राजेन्द्र महतोलाई स्वागत गर्नुभयो, मलाई देखेर नारावाजी लगाउनुभयो किन ?

त्यसको जवाफमा आन्दोलनकारीहरुले तपाई धर्ना बस्ने ठाउँमा आउनु पथ्र्यो जसरी राजेन्द्र महतो आउनु भएको थियो तर तपाई आफूहरुलाई देखेर प्रेस काउन्सिलमा पस्नुभयो प्रतिकृया दिनुभएको थियो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..