» » राजेन्द्र महतोको चेतावनीः यथास्थितिमा चुनाव भए महाभारत हुने चेतावनी

रुपन्देही, चैत २२ गते – सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन नगरी यथास्थितिमा निर्वाचन गरे नेपालमा महाभारतको जस्तै लडाई हुने चेतावनी दिनुभएको छ ।

भैरहवामा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतोले मधेशलाई हानी हुने गरि हुन लागेको निर्वाचन बिथोल्ने चेतावनी समेत दिनुभयो ।

उहाँले अहिले मधेशबिरुद्ध तीन ठूला पार्टीहरु एक भएर षडयन्त्र गरिरहेको आरोप समेत लगाउनुभयो ।

अध्यक्ष महतोले मधेशीले निर्वाचन नचाहेको भन्ने चर्चाको खण्डन गर्दै संविधान संशोधनपछि मात्र निर्वाचन स्विकार्य हुने बताउनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..