» » नयाँ शक्ति र फोरम नेपाल एउटै चुनावमा चिन्हमा चुनाव लड्ने


काठमाडौ वैशाख १२ गते । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकीकरण हुने निश्चित भएको छ ।

एकीकरण प्रकृयाको शुरुवातसँगै ती दुई दल एउटै चुनाव चिन्ह मसाल चिन्ह लिएर  चुनाव लड्ने भएको छ ।

मसाल छाप उपेन्द्र यादव नेतृत्वको फोरम नेपालको रहेको छ । आज दुवै पार्टीले सो चुनाव चिन्हबाट चुनाव लड्ने जानकारी आयोग पनि गराई सकेको छ ।

यसअघि चुनाव चिन्ह नपाएको भन्दै नयाँ शक्ति नेपालले आन्दोलन गर्दै आइरहेको थियो । ऐन अनुसार नयाँ चुनाव चिन्ह दिन मिल्ने भनि आयोगले भन्दै आएको थियो ।

यो प्रकृयासँगै बैशाख १९ गतेभन्दा पहिले दुई दलबीच एकीकरण हुने निश्चित भएको छ । लगभग उपेन्द्र यादव नै अध्यक्ष रहने सहमति भएको स्रोतले दावी गरेको छ ।

एकीकृत पार्टीको चुनाव चिन्ह फोरम नेपालको रहनेछ भने झण्डा नयाँ शक्ति नेपालको रहने तय भइसकेको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..