» »Unlabelled » मधेशी मोर्चाद्धारा आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित

काठमाडौ वैशाख १०–संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मलित संघीय गठन बन्धनले आफ्ना आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थागित गरेको छ ।

मधेशी मोर्चा र संघीय गठबन्धनको चाहना अनुसार सरकारले मन्त्रीपरिषद्बाट निर्णय गरेका कारणले आन्दोलनका सम्पूर्ण कार्यक्रम हाललाई स्थगित गरिएको राष्ट्रिय जनता पार्टीका नेता केशव झाले जानकारी गराए ।

सविधान संशोधन नभएसम्म आन्दोलन फिर्ता हुँदैन, अहिलेलाई स्थगित मात्र गरिएको छ, उनले भने, मन्त्रीपरिषद्ले आज सकारात्मक निर्णयहरु गरेको छ, ती निर्णय कार्यान्वयन भए आन्दोलन फिर्ता हुन्छ ।

संघीय गठबन्धनको तीन गतेको बैठकले बैशाख ५ गतेदेखि विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका त्यसमा बैशाख २७ गतेदेखि आमहडताल गर्ने कार्यक्रम थियो ।
मधेशी मोर्चां र सरकारबीच हिजो भएको सहमतिका कारण चुनावको माहौल बन्दै गएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..