» » गच्छदारले भन्नुभयो, बैशाखको पहिलो हप्ता नयाँ सरकार बन्छ


विराटनगर चैत २४ गते । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले वैशाख पहिलो साताभित्रै नयाँ सरकार बन्ने दावी गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गच्छदारले भन्नुभयो, ‘यो सरकारले चुनाव गरायो भने अझै एक महिना रहन्छ । नगरे वैशाख पहिलो सातासम्ममा नयाँ सरकार आउँछ।’

गच्छदारले चुनाव गराउनु सरकारको दायित्व भएपनि राजनीति नयाँ ढंगले अघि बढेकाले नयाँ परिस्थितिमा नयाँ सरकार गठन हुने अवस्था आए आफूहरु पनि सहभागी हुने बताउनुभयो ।

मधेशवादी दलको मुद्दा भुइँमा पछारिएको र ढुलमुले प्रवृत्तिको भएको टिप्पणी गर्दै उहाँले मधेशी मोर्चा एकातिर चुनावको विरोध गर्छन् भने अर्कोतिर उम्मेदवार तयार गरिरहेको आरोप लगाउनुभयो ।

अध्यक्ष गच्छदारले भन्नुभयो, सरकार पनि कुहिरोको कागजस्तै भएको छ।’

गच्छदारले संविधान कार्यान्वयन अहिलेको मुख्य विषय भएकोले अद्यावधिक चुनाव आवश्यक भएको चर्चा गर्नुभयो ।

नमिलेका विषयमा राजनीतिक रुपमा सहमति जुटाएर सबै दल एकै ठाउँमा आउने पर्ने गच्छदारको भनाई थियो। 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..