» » मधेशी मोर्चाका ६ दलबीच एकीकरण, विहिवार नयाँ पार्टीको नाम घोषणा हुँदै

काठमाडौ बैशाख ७ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा रहेका राजेन्द्र महतोको सद्भावना पार्टी, महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम गणतान्त्रिक, शरतसिह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, महेन्द्रराय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीबीच एकीकरण गर्ने निर्णय भएको हो ।

आज मध्यरातीसम्म बसेको बैठकमा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाको उपस्थिति नभएपनि एकताप्रति उहाँ पनि सकारात्मक रहेको बुझिएको छ । विहान एकचरण उहाँसँगको बैठक बसेर फाइनल गरि त्यही दिन एकीकृत पार्टीको नाम घोषणा गर्ने भएको छ ।

ललितपुरको एकजनाको घरमा भएको बैठकमा पार्टीको नाम, झण्डा, चुनाव चिन्ह सबै नयाँ हुने निर्णय गरेको छ ।
महाधिवेशन नहुन्जेलसम्म पार्टी अध्यक्ष मण्डलबाट सञ्चालन हुनेछ । छवटै पार्टीका अध्यक्षहरुको एउटा अध्यक्ष मण्डल रहने जनाइएको छ । नेतृत्व आलोपालो हुने बताइएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..