» » धनुषामा चितुवाको आक्रमणबाट आधा दर्जन घाइते

धनुषा, वैशाख १४ गते । धनुषामा चितुवाको आक्रमणबाट छजना घाइते भएका छन् ।

बुधबार साँझ अबेर अन्दुपट्टी कटरैत गाविसस्थित वनमा घाँस दाउरा ल्याउन तथा गोठालो गएकामाथि एक्कासि जङ्गलबाट आएको एक चितुवाले आक्रमण गरेको हो ।

आक्रमणबाट घाइते हुनेमा अन्दुपट्टी कटरैत–६ बस्ने प्रमेश्वर यादव, सञ्जीवकुमार साह, तिलेश्वर मुखिया, पञ्चु मुखिया र गीतादेवी मुखियालगायत छन् ।

उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चितुवाको आक्रमणबाट घाइते भएकाहरु अस्पतालमा उपचार गराउन आएपछि मात्र घटनाबाहिर आएको प्रहरी उपरीक्षक लीलामणि आचार्यले बताउनुभयो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..