काठमाडौ बैशाख १ गते । सप्तरीका पत्रकारहरु नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा ताला लगाएर तीन दिनदेखि धर्नामा बसिरहनु भएको छ ।
विभिन्न चार बुँदे माग राखि चैत ३० गतेदेखि बसेको धर्नामा ऐक्यवद्धता जनाउनका लागि मधेशी मोर्चाका नेतालगायत नागरिक समाजका अगुवाहरु पुग्नु भएको छ ।
हिजो सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झा, संघीय समाजवादी फोरम नेपालका नेता लालबाबु राउत, माओवादी केन्द्रका सांसद अमर मण्डल, महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, नेपाल मानव अधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले ऐक्यवद्धता जनाउन पुग्नु भएको थियो ।
त्यस्तै, आज तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ता, तराई मधेश लोकतान्त्रिक पार्टीका महासचिव जितेन्द्र सोनल, प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल, नागरिक समाजका डा.विरेन्द्र मिश्र, चरण प्रसाई, लेखक युग पाठक, डा.सुरेश चालिसे, डा.केदार नरसिंह, महासंघका पूर्व सभापति तारानाथ दाहाल, कृष्ण गौतम, डा.अन्जनी कुमार झालगायतका व्यक्तित्वहरु पनि पुगेर ऐक्यवद्धता जनाएको धर्नामा बसेका पत्रकार वैद्यनाथ यादवले जानकारी गराउनु भएको छ ।
No comments: