» » उपेन्द्र यादव र अनिल झा बेगर हुँदैछ मधेशी दलहरुको एकता


काठमाडौ बैशाख ७ गते । सात दलीय संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामध्ये पाँच दलबीच मात्र एकीकरण भएको छ ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल शुरुदेखि नै एकीकरण प्रकृयामा सहभागि थिएन भने अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीले पछि सहभागि हुने जनाएको छ ।

हाललाई राजेन्द्र महतोको सद्भावना पार्टी, महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम गणतान्त्रिक, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी र महेन्द्रराय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टीबीच एकीकरण गर्ने निर्णय भएको हो ।

आज एक बजे अमृतभोगमा एक कार्यक्रम बीच एकीकृत पार्टी घोषणा हुनेछ । पार्टीको नाम राष्ट्रिय जनता पार्टी रहनेछ भने चुनाव चिन्ह छाता हुनेछ ।
एकीकृत पार्टीमा एक अध्यक्ष मण्डल गठन हुनेछ जसमा सबै पार्टीका अध्यक्षहरु रहनु हुनेछ।

अर्को उच्च स्तरीय राजनीतिक समिति पनि गठन हुनेछ जसमा अध्यक्ष, वरिष्ठ नेता, सह अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष सम्मिलित रहनेछ ।

केन्द्रीय सचिवालयमा सबै महासचिव, सह महासचिव समावेश हुनेछन् ।

केन्द्रीय कोष विभागमा सबै कोषाध्य़क्षहरु रहनेछन् भने संसदीय दलमा सबै पार्टीका सांसद हुनेछन् भने महेन्द्र यादव संसदीय दल नेता हुने छन् ।

प्रचार प्रसार विभागमा सबै पार्टीका प्रवक्ता र सह प्रवक्ता हुनेछन् ।

राष्ट्रियय परिषद्मा सबै केन्द्रीय समिति सदस्य, विभाग प्रमुख र भातृ संगठन प्रमुखहरु रहनेछन् ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..