» » हात्तिको आक्रमणबाट दुई जनाको मृत्यु

सप्तरी चैत २२ गते । सप्तरीको हनुमाननगरमा जंगली हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ ।

विहान करिव ८ वजे गोवरगाडा भन्ने स्थानबाट प्रवेश गरेको एउटा वयस्क हात्तीले आक्रमणमा गर्दा हनुमाननगरका २२ वर्षीय रोशन झा र सञ्जय साफीको मृत्यु भएको छ । उहाँहरुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी अनुराज दुवाडीले जानकारी गराउनुभया ।

हात्तीको आक्रमणबाट नविना खातुन, कालीचरण दास, वसन्त मण्डल, इर्साद अलीसहति पाँच जना सामान्य घाइते भएको र उनीहरुको राजविराजस्थित गजेन्द्रनारायाण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको पनि उनले जानकारी दिनुभये ।

अहिले प्रहरी र स्थानीयको सहयोगमा हात्तीलाई कोशीटप्पु वन्यजन्तु आरक्षण तर्फ पठाउने काम भइरहेको छ । हात्तीले केही घरहरुमा पनि क्षति पु¥याएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..