» » नयाँ गठन भएको राजपाबाट असन्तुष्ट भएर फोरम नेपालमा प्रवेश


सिरहा वैशाख १२ गते । मधेश केन्द्रीत ६ वटा दलहरु मिलेर हालै घोषणा भएको राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय सदस्य रामनारायण मेहताले पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नुभएको छ ।

राजपाको नेतृत्व, गठन प्रक्रिया, नीति र उद्देश्यप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका सिरहाका प्रभावशाली नेता मेहतालाई मंगलबार लहानमा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले टिका लगाएर पार्टी प्रवेश गराएका छन् ।

राजपा घोषणा हुनुअघि मेहता राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका केन्द्रीय सदस्य थिए । जिल्लामा दख्खल राख्ने नेता मेहताले आफूसँगै राजपाका पाँच सयको सँख्यामा सक्रिय कार्यकर्तालाई फोरम नेपालमा भित्र्याएको उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाले जानकारी गराउनुभयो ।

राजपाकै सिरहा जिल्ला उपाध्यक्ष रामएकवाल साह, क्षेत्रीय सदस्य रमेश कुमार महतो, नगर सदस्यहरु सन्तोष कुमार महतो, हरेराम महतो र रामउजागर महतो लगायत जनतामा प्रभावशाली मानिएका नेताहरुको समूह पनि राजपा परित्याग गरी फोरम नेपालको सदस्यता लिएका छन् ।

यसैगरी सोही पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेश प्रतिनिधि राजेन्द्रले पनि पार्टी परित्याग गरी फोरम नेपालसँग जोडिएका छन् । नेकपा एमालेको लहान नगर कमिटि समदस्यहरु फन्नीलाल महतो र राजाराम महतोले एमालेप्रति असन्तुष्टि जाहेर गर्दै फोरम नेपालको सदस्यता लिएका छन् ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रका सातसय कार्यकर्ताले नेकपा माओवादी केन्द्र परित्याग गरेका छन् । मंगलबार नै प्रचण्डले चुनाव जितेको सिरहा क्षेत्र नं ५, करजनहामा संघीय समाजवादी फोरम नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सयौंको संख्यामा माओवादी नेता कार्यकर्ताहरुले फोरम नेपालको सदस्यता लिएका छन् ।

माओवादी परित्याग गरी आएका नवप्रवेशीहरुलाई फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले टिका लगाएर स्वागत गरेका छन् ।

वर्तमान कानून मन्त्री अजयशंकर नायकका हजूरबुवा रामदेव नायकले पनि माओवादी परित्याग गरी फोरम नेपालको सदस्यता लिएको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय कोषाध्यक्ष एवं पूर्वमन्त्री विजय यादवले जानकारी गराउनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..