» » मधेशवादी दलको एकताको सन्दर्भमा


-काशिन्द्र यादव
आज घोषणा हुने भनिएका मधेशवादी दलहरु को बीचको एकीकरण मधेसीहरुको भावना अनुरुप रहे पनि यस संग केहि संभावना र केहि चुनौतीहरु रहेका छ्न ।

थ्रेसहोल्ड को वाध्यता गर्दा होस वा मधेश को आवश्यकताले गर्दा होस यो स्वागत योग्य कदम छ । तर यसलाई संगठित, अनुशासित र सिद्धान्तवद्ध उच्च प्रतिरोधात्मक क्षमता भएको राजनीति शक्ति निर्माण गर्न अहिले धेरै गर्नु पर्ने आवश्यकता छ ।

यसले पार्टी भित्र रहेको परिवाद, जातिवाद वा क्षेत्रवादको संकिर्ण दायरालाई विस्तार गर्दै एकीकृत मधेशको निर्माण हुने संभावनालाई बलियो पार्नेछ । तर यसमा समान विचार र सरोकार भएको व्यक्तिहरुको स्वतन्त्र छनौट भन्दा पनि संगठित शक्ति र समूहहरुको मिलन भएकोले गुट र उपगुटहरु मौलाउने खतरा भने रहन्छ ।

 यसबाट जोगाउन नेतृत्वले नीति र सिद्धान्त प्रतिको प्रतिवद्धता र सत्ता प्रतिको त्याग र उच्च नेतृत्व कौशल प्रदर्शन गर्नु पर्ने हुन्छ । अहिलेसम्म नेता र नेतृत्व केन्द्रित मधेशी राजनीतिमा चाटुकार, अनुयाय र भक्तको भुमिका मात्र पाएका मधेशी युवाहरुको लागि अब नेतृत्व विकास को उपयुक्त अवसर निर्माण हुने संभावना भने बढी हुनेछ ।

भावनात्मक र संरचनागत हिसाबले संगठित शक्तिले आन्दोलनमा मात्रै हैन कि आउने चुनावी राजनीतिमा पनि राम्रो प्रभाव पार्न सक्ने हुनाले एमाले, कांग्रेस वा माओवादीमा भएका मधेशीहरुलाई पनि आकर्षित गर्नेछ ।
यसका लागि मधेशवादी दलका नेता र कार्यकर्ताहरु लाई बधाई तथा शुभकामना दिन चाहन्छु र आशा गर्दछु कि यसलाई आधार मानेर सिद्धान्त र नीति निर्देशित र आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने एउटा अनुशासित पार्टी को निर्माण गर्नेछ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..