» » महन्थ ठाकुरले भन्नुभयो, राज्यको यस्तै रवैया रहने हो भने मधेश गुम्नसक्छ


बारा चैत्र २१ गते । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले राज्यको विभेदकारी रवैया नसुध्रिए नेपालले मधेस नै गुमाउने खतरा रहेको चेतावनी दिनु भएको छ ।

बाराको प्रसौनीमा सोमबार तमलोपा बाराको चार नम्बर क्षेत्रीय कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले भन्नु भयो, मधेस आफैंमा राष्ट्र हो , मधेस विनाको नेपाल कल्पना नै गर्न सकिन्न , तर सरकारी रबैयाले अहिले मधेसी गुमाईसकेको अवस्था छ , विभेदको अवस्था यस्तै रहीरहने हो भने पछि मधेस नै गुम्न सक्ने अवस्था आउन सक्छ ।

उहाँले संविधान संशोधन विना हुने कुनैपनि चुनाव नमान्ने बताउनु भयो । सरकार बन्दुकको बलमा चुनाव गराउने तयारीमा रहेको भन्दै अध्यक्ष ठाकुरले भन्नु भयो ,‘

यदि सरकारले बन्दुकको बलमा जबरजस्ति चुनाव गराउन खोज्यो भने मधेसी जनताले त्यसको सशक्त प्रतिकार गर्छन् । काँग्रेस एमालेमा रहेका मधेसी नेताहरु भोट माग्ने बेलामा मात्रै मधेसको कुरा बोल्ने तर अधिकारको कुरा गर्दा मौन बस्ने गरेको भन्दै उहाले त्यस्ता बहुरुपिया मधेसी नेताहरुलाई मधेसी जनताले चिनिसकेको बताउनु भयो ।

केहि दिन यता सरकारले मोर्चासंग सहमति भएको भनेर निराधार हल्ला चलाएको भन्दै अध्यक्ष ठाकुरले सरकारसँग कुनै त्यस्तो सहमति नभएको प्रष्ट पार्नु भयो ।


व्यक्तिमाथि हुने खतरालाई राष्ट्रिय खतरा मानेर शासक वर्गले देशलाई अल्झाउने काम मात्र गरेको अरोप उहाले लगाउनु भयो । व्यवस्थापिका संसदमा संविधान संशोधनको विषयले भन्दा पनि सरकार कसरी टिकाउने भन्ने विषयले अहिले बढि महत्व र प्राथमिकता पाएको नेता ठाकुरले बताउनु भयो ।

तमलोपाका महामन्त्री जितेन्द्र सोनलले मधेसको पहिचान र अधिकारलाइ ठूला तीन दलले संसद भवनमा बन्धक बनाएर राखेको आरोप लगाउनु भयो ।

खसवादीहरुको बाहुल्यता रहेको ठूला दलहरु नौटंकीबाज भएको भन्दै उहाले मधेसीको रगत बगाएर लेखिएको संविधान कदापी मान्य नहुने बताउनु भयो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ६ सय ५० जना भन्दा बढी नेता कार्यकर्ताहरु तमलोपामा प्रवेश गरेको तमलोपा बाराका प्रवक्ता रमेश सर्राफले जानकारी दिनु भयो ।
–रेडियो नारायणी

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..