» » सप्तरीको पत्रकारले लगाउनुभयो महासंघमा अनिश्चितकालका लागि ताला (हेर्नु भिडियो)

काठमाडौ चैत ३० गते । नेपाल पत्रकार महासंघ सप्तरी शाखाले आज महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।

सप्तरीका पत्रकार आरएन विश्वासका अनुसार विधान सम्मत सप्तरी शाखामा भएका कामकाजलाई अनुमोदन गर्नुपर्ने, प्रक्रिया पूरा गरेका सबै सदस्यहरुको नवीकरण गरिनुपर्ने, विवाद समाधान गरी अविलम्ब शाखा सप्तरीको अधिवेशन गराउनुपर्ने, निरंकुश तरिकाले बन्द गरिएको सप्तरी शाखाका बैंक खाताहरु फुकुवा गर्नुपर्नेलगायतका माग राखी अनिश्चितकालका लागि तालाबन्दी गरिएको हो ।

सप्तरी शाखाका कार्यवाहक अध्यक्ष श्रवण देवले जबसम्म सप्तरी शाखाको समस्या समाधान नगरि अधिवेशन गरिदैन तबसम्म आफूहरुको आन्दोलन जारी रहने बताउनुभयो ।

केन्द्रले नै जिल्लाको विवाद समाधान गर्न नचाहेको आरोप लगाउँदै उहाँले सप्तरीको विवाद नयाँ होइन, लामोसयमदेखि त्यहाँ अन्दोलन गरिरहेको तर केन्द्रले त्यसमा चासो नलिएर झन बल्झाएको आरोप लगाउनुभयो ।

त्यहाँको समस्या समाधान गर्नु कता हो कता उल्टै हाम्रो खाता नै बन्द गराएको छ, के केन्द्रको नैतिकता यही हो, सहारा टाइम्ससँग कुरा गर्दै अध्यक्ष देवले भन्नुभयो, कुनै पार्टी विशेषका व्यक्तिलाई संरक्षण गर्दै बहुमत सदस्य तथा पदाधिकारीलाई मानमर्दन अधिकार केन्द्रलाई कसले दियो ? लोकतन्त्रमा बहुमतको कदर जहाँ पनि हुन्छ तर महासंघले बहुमतको मानमार्दन गरेको छ ।

पत्रकार आर एन विश्वास भन्नुहुन्छ,
‘सप्तरी पत्रकार महासंघमा अवैधानिक हस्तक्षेप बन्द गर, विधान सम्मत जिल्ला अधिवेशन सम्पन्न गर’
नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा झण्डै दुई वर्षदेखिको विवाद केन्द्रीय पदाधिकारीहरुको व्यापक उदासिनता र गैरजिम्मेवारीपनाले गर्दा समाधान हुन नसक्दा हामी बाध्य भई समस्या समाधानकालागि मिति २०७३ साल चैत ३० गतेदेखि महासंघको काठमाण्डौस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दै अनिश्चितकालिन धर्नामा बसेका छौं ।

यसअघि विवाद समाधान गर्न हाम्रा मागसहितको ज्ञापन पत्र केन्द्रीय कार्यालयमा पटक–पटक बुझाईसकेको, सप्तरीस्थित महासंघका सबै पूर्व अध्यक्ष ज्यूहरुसमेत सप्तरीको विवाद समाधान गर्न केन्द्रीय पदाधिकारीहरुलाई पटक–पटक आग्रह गरिसकेको अवगत गराउन चाहन्छौं ।
यति भईसक्दा पनि हाम्रा माग सम्बोधन हुन नसकेपछि पछिल्लो पटक पुनः मिति २०७३ चैत २७ गते तीन दिने अल्टिमेटमसहितको जानकारी पत्र केन्द्रीय कार्यालयमा बुझाएको थियौं । 

तर, उक्त समयसीमा भित्र माग सम्बोधन नभएपछि पूर्वनिर्धारित कार्यक्रमअनुरुप मिति २०७३ साल चैत ३० गतेदेखि महासंघको काठमाण्डौस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दै अनिश्चितकालिन धर्नामा बसेका हौं ।

यसअघि महासंघको केन्द्रीय कार्यसमितिले सप्तरीमा देखिएको विवादलाई मध्यनजर गर्दै गत फागुन ७ गतेको जिल्ला अधिवेशन अनिश्चितकालकालागि स्थगित गरेको थियो । 

तर, उक्त विवाद समाधानै नगरी पछिल्लो पटक आउँदो बैशाख ७ गतेभित्र अधिवेशन गराउनुपर्ने महासंघको केन्द्रीय कार्यालयले जनाएपछि हामी आश्चर्यचकितहुँदै विवाद समाधानकालागि संघर्षमा उत्रिन बाध्य भएका छौं ।

हाम्रा मागहरु
१. विधान सम्मत सप्तरी शाखामा भएका कामकाजलाई अनुमोदन गर्नुपर्ने,

२. प्रक्रिया पूरा गरेका सबै सदस्यहरुको नवीकरण गरिनुपर्ने,

३. विवाद समाधान गरी अविलम्ब शाखा सप्तरीको अधिवेशन गराउनुपर्ने ।

४. निरंकुश तरिकाले बन्द गरिएको सप्तरी शाखाका बैंक खाताहरु फुकुवा गर्नुपर्ने ।


धर्नाकारीहरु

श्रवणकुमार देव, काबा अध्यक्ष, नेपाल पत्रकार महासंघ शाखा सप्तरी

सुधा देव, सहसचिव, नेपाल पत्रकार महासंघ शाखा सप्तरी

मनोज माझी, कोषाध्यक्ष, नेपाल पत्रकार महासंघ शाखा सप्तरी

भुषण सिंह, कार्यसमिति सदस्य, नेपाल पत्रकार महासंघ शाखा सप्तरी

चन्दन यादव, कार्यसमिति सदस्य, नेपाल पत्रकार महासंघ शाखा सप्तरी

बृजमान तमाङ्ग, कार्यसमिति सदस्य, नेपाल पत्रकार महासंघ शाखा सप्तरी

राजकुमार पासवान, कार्यसमिति सदस्य, नेपाल पत्रकार महासंघ शाखा सप्तरी

जितेन्द्र खड्गा, सल्लाहकार, नेपाल पत्रकार महासंघ शाखा सप्तरी

अवधेशकुमार झा, केन्द्रीय सदस्य, नेपाल प्रेस यूनियन

देवराम यादव, केन्द्रीय उपाध्यक्ष, प्रेस सेन्टर नेपाल

रामनारायण विश्वास, काबा अध्यक्ष, नेपाल प्रेस यूनियन, सप्तरी

गोपाल गुप्ता, अध्यक्ष, प्रेस सेन्टर नेपाल, सप्तरी

जितेन्द्रकुमार झा, सचिव, संघीय प्रेस फोरम, सप्तरी

धर्मपाल राउत, कोषाध्यक्ष, संघीय प्रेस फोरम, सप्तरी

बैधनाथ यादव, साधारण सदस्य, नेपाल पत्रकार महासंघ शाखा सप्तरी

माला कर्ण, साधारण सदस्य, नेपाल पत्रकार महासंघ शाखा सप्तरी

कृष्णकुमार मण्डल, साधारण सदस्य, नेपाल पत्रकार महासंघ शाखा सप्तरी

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..