» » उपेन्द्र यादव चार दिने भारत भ्रमणमा


काठमाडौं चैत्र ७ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नयाँ दिल्ली हुँदै बनारश पुग्नु भएको छ । उहाँ आज दिउँसो ३ः३५ बजे एयर इण्डियाको विमानबाट भारतको दिल्ली जानु भएको हो ।

बनारस हिन्दू विश्व विद्यालय अन्तर्गत नेपाल स्टडिज सेन्टरले बनारसमा भोलीदेखि आयोजना गरेको ‘लोकतन्त्रको विकासका लागि शिक्षा, दक्षिण एशियाली सन्दर्भमा नेपालमा संविधानको परिणाम स्वरूप उत्पन्न संघर्ष’ विषयक सेमिनारमा सहभागी हुन् उहाँ बनारस गएको यादवका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिनुभयो ।

अध्यक्ष यादव सो कार्यक्रमका प्रमुख अतिथि एवं मुख्य वक्ताका रुपमा सहभागी हुनेछन् । उक्त सेमिनारमा यादवले नेपालमा संविधान जारी भइसकेपछि उत्पन्न परिस्थिति, त्यसले निम्त्याएको द्धन्द्ध र संविधान कार्यान्वयनका चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

‘उहाँको नयाँ दिल्लीमा ट्रान्जिट मात्र हो । राजनीतिक भेटवार्ताको कुनै कार्यक्रम तय गरिएको छैन’, यादवका प्रेस संयोजक महेश चौरासियाले भन्नुभयो, ‘प्रजातन्त्रको विकासका लागि शिक्षा, दक्षिण एसिया र नेपालमा संविधानले निम्त्याएको द्वन्द्व विषयक सेमिनारमा उहाँ प्रमुख अतिथि एवं मुख्य वक्ताको रुपमा आमन्त्रित हुनु भएको छ ।’

यादवका प्रेस संयोजक चौरसियाका अनुसार बनारसमा भारतीय नेताहरुसँग राजनीतिक भेटवार्ता पनि हुन सक्ने सम्भावना छ । तर अहिलेसम्म भेटको तालिका तय भएको छैन । संघीय गठबन्धनका संयोजक समेत रहेका फोरम नेपालका अध्यक्ष यादव चैत्र १० गते बिहिवार स्वदेश फर्कने कार्यक्रम छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..