काठमाडौ फागुन २४ । राष्ट्रिय माध्यमिक विद्यालय, तारानगर साँडेपानी ८, कैलालीमा मिति २०६४ साल देखि नक्कली अध्यापन अनुमति(पत्र भएका लोक बहादुर वि।क। ले प्राथमिक तहको राहत कोटामा नियुक्ति भई शिक्षण पेशामा गैरकानूनी रुपमा काम कारवाही गर्दै आएको हुंदा निज लोक बहादुर वि।क। को शैक्षिक योग्यताका प्रमाण(पत्रहरू समेत बुझी कारवाही गरीपाउँ भन्ने उजुरीको आधारमा अनुसन्धान हुंदा निज लोक बहादुर वि।क। ले राष्ट्रसेवक शिक्षक पद एवं ओहोदामा शुरू नियुक्ति एवं बहाल हुने र लाभ, सुविधा लिने उदेश्यले उक्त झुठा अध्यापन अनुमति(पत्र पेश गरी हालसम्म पनि उक्त पदमा बहाल भई लाभ सुविधा लिएको पुष्टी हुन आएकोले निज शिक्षक लोक बहादुर वि।क। ले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१० बमोजिमको कसुर गरेको देखिएको हुंदा निज लोक बहादुर वि।क। लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१० बमोजिम सजाय हुन मागदावी लिई आज अख्तियार दुरुपयोग आयोगले विशेष अदालत काठमाण्डौंमा आरोप(पत्र दायर गरिएको छ ।
No comments: