» » एमालेको जनसभाका एक कारण थप एक मृत्यु

बाँके, चैत ५ गते । बाँकेको सोनपुरमा तीन दिनअघि प्रहरीसँगको झडपमा परेका सोनपुर(८ का ७२ वर्षका जमिल भाटको निधन भएको हो ।

गएको १ गते नेपालगञ्जमा एमालेको सभा हुने दिनमा सोनपुरमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा दुबै तर्फका १० जनाभन्दा बढी घाइते भएका थिए । घाइते सबै उपचारपछि घर फर्केका थिए । तर भाटलाई शुक्रबार फेरि उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यलय बाँकेका प्रहरी निरीक्षक वीरबहादुर गिरीले जमिलको दमका कारण निधन भएको बताउनुभएको छ ।

 संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बाँकेले भने प्रहरी कारबाहीमा घाइते भइ निधन भएका जमिललाई शहीद घोषणा गरि उहाँको निधनका विषयमा छानबिन गरि दोषिलाई कारबाही गर्न र पीडित परिवारलाई क्षतिपूर्तिको ब्यवस्था गर्न माग गरेको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..