काठमाण्डौ फागुन २६ गते । संघीयता, पहिचान र अधिकारका लागी आन्दोलनरत संघीय गठबन्धनले आज काठमाण्डौमा विरोध प्रदर्शन गर्दैछ ।
सप्तरी घटनाको विरोधमा गठबन्धनले विरोध प्रदर्शन गर्न लागेको हो ।
आदिवासी जनजाति र मधेशी मोर्चा सहित २८ दलीय गठबन्धनको आह्वानमा आज भृकुटिमण्डपमा दिउसो १२ बजे भेला भई ब्यानर र प्ले कार्ड सहितको विरोध र्याली माइतीघर मण्डला पुगेर सभामा परिणत हुनेछ ।
विरोध र्यालीमा विभिन्न राजनीतिक दल, नागरिक समाज, बिद्धिजीवी वर्गलाई उल्लेख्य सहभागिताका लागि आह्वान गरिएको छ ।
मंगलवारको गठबन्धन बैठकले सप्तरी घटनाको विरोधमा काठमाण्डौ सहित देशब्यापी सबै जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
गठबन्धनले भोलि शुक्रबार नेपाल बन्दको आह्वान गरेको छ ।
मोर्चाको चर्को विरोधका बावजूद एमालेले सप्तरीको राजविराजमा आयोजना गरेको सभामा प्रहरीले गोली प्रहार गर्दा ८ जनाको ज्यान जानुका साथै दर्जनौ जनता गम्भीर घाइते भएका थिए ।
२६ बुँदे माग राखेर गठबन्धनले परिमार्जन सहित संबिधान संशोधन हुनु पर्ने, सीमांकन हेरफेर गर्नु पर्ने, स्थानीय तहको प्रतिवेदन खारिज हुनु पर्ने, स्थानीय निकायको चुनाव फिर्ता लगायत माग गर्दै आएको छ ।
No comments: