रौतहट, चैत्र १७ गते – सद्भावना पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र महतोको काम प्रति असन्तुष्टी जनाउदै पार्टीका केन्द्रीय तथा जिल्ला स्तरका २० जना नेताहरुले पार्टी परीत्याग गर्नुभएको छ ।
केन्द्रिय सदस्य तथा युवा बिभाग प्रमुख योगेन्द्र प्रसाद यादव, केन्द्रीय सदस्य शम्भु सुप्रीम, राजकुमार दास तत्मा, धिरेन्द्र यादव, केन्द्रीय सल्लाहकार उपेन्द्र यादव, जिल्ला सचिव राकेश यादव, सदस्य रविन्द्र यादव, मोहन श्रीवास्तव, सुनिल, झा, रामेश्वर सहनी, शंकर चौधरी, कमल पासवान, किशुन चौरसिया, जियालाल दास, किसान मंच जिल्ला अध्यक्ष कपिल यादव, युवा मंच केन्द्रीय सदस्य कासिम मंसुरी, प्रवक्ता पंकज मिश्रा, युवा सदस्य रामनारायण, मदन यादव, शशी यादव लगायत सामूहिक राजिना दिनुभएको छ ।
पार्टी अध्यक्ष राजेन्द्र महतो परिवारवाद र जातिवादको विचारबाट माथी उठ्न नसकेको, पार्टीभित्र हावी हुँदै गएको अलोकतान्त्रिक पद्धतीबाट सद्भावना पार्टी माथि उठ्न नसक्दा आफुहरुले बाध्य भएर सामुहिक राजिनामा दिएको विज्ञप्तीमा उल्लेख गरीएको छ ।
पत्रकार सम्मेलनमा नेता योगेन्द्र राय यादवले भन्नुभयो, पार्टी हितविपरीत मलाई चैत्र ११ गते स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरण सोधेर कार्यालयको दराजमा राखिदैन, सम्बन्धित व्यक्तिको हातमा पनि पुग्नु पर्छ तर मैले राजिनामा घोषणा गरिसकेपछि सो स्पष्टीकरण पत्र सार्वजनिक गरेको छ जसको बारेमा मलाई पनि थाह थिएन ।’

No comments: