![]() |
फाइल फोटो |
सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनलाई बिथोल्ने उद्देश्यले मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेको केही छिनमै जिल्ला प्रहरी कार्यालय, सिरहाबाट खटिएको प्रहरी टोलीले ताला फुटाएको हो ।
बाक्लो सुरक्षा घेराका बीच मोर्चाका नेता कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए ।
स्थानीय तहको निर्वाचनको तयारीमा निर्वाचन कार्यालय जुटेकाले त्यसविरुद्ध सो कार्यालयमा तालाबन्दी गरिएको सङ्घीय समाजवादी फोरम नेपालका सिरहा अध्यक्ष बादलप्रसाद यादवले बताउनु भयो ।
No comments: