» » प्रधानमन्त्री प्रचण्डले आज मधेशी मोर्चासँग पाँच वजे वार्ता गर्दै

काठमाडौं, चैत १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ पाँच वजे संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग वार्ता गर्न लाग्नु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने वार्तामा आज सहमति हुने सम्भावना रहेको मोर्चाले स्रोतले जनाएको छ ।

उहाँले हिजै नै मोर्चासँग छलफल गर्न चाहनु भएको थियो तर मधेशी मोर्चाका प्रमुख घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेपाल बाहिर भएको कारणले सम्भव भएन ।

अध्यक्ष यादव आज भारतबाट फर्किसक्नु भएका हुनाले प्रधानमन्त्री प्रचण्डले पाँच वजेका लागि मोर्चालाई वार्तामा बोलाउनु भएको हो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..