» » रौतहटमा सेनाले सञ्चालन गरे स्वास्थ्य शिविर


रौतहट, चैत १० गते । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा रौतहटको गौरमा संचालित साताव्यापी निःशुल्क घुम्ती सघन स्वास्थ्य शिविरको आज निरीक्षण गर्दै नेपाली सेनाका महारथी क्षेत्रीले गर्नुभयो ।

नेपाली सेनाका महारथी राजेन्द्र क्षेत्रीले नागरिक सैनिक सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यबाट रौतहटको गौरमा स्वास्थ्य शिविरको आयोजना भएको बताउनु भयो ।

विशुद्ध सेवाको भावनाले अधिकत्तम उपयोग होउन भनेर सबै किसिमको सेवा दिनमा सेना सक्षम रहेका छन् यहाँ विरामीको सँख्या हेर्दा पछि आवश्यक्ता परेमा पुन ः संचालन हुनेमा जोड दिदै स्थानीय बासिन्दाहरुको सहयोग प्रति उहाँले सराहना गर्नुभयो ।

विरामीको अवस्था हेरेर केही समय बढाउने तर्फ पनि विचार भईरहेको समेत उहाँले बताउँदै नागरिक र सेनाबीचको सम्बन्ध सुमधुर बनाउई जनतालाई अधिकत्तम सेवा उपलब्ध गराउने कत्र्तव्य रहेको बताउनुभयो ।

महारथी क्षेत्रीले मोवाइल अस्पतालको मार्फत स्वास्थ्य सेवाबाट बंचित रहेका जनताहरुलाई सेवा दिने उद्देश्यका साथ यहाँ शिविरको सञ्चालन गरेको बताउँनुभयो । उहाँले गरिव, निमुखा, तथा पिछडिएका समुदायका असक्तहरुलाई प्राथमिकताका साथ सेना शाल्यक्रिया गरी स्वास्थ्य सेवा पुर्याइरहेकोमा खुशी व्यक्त गर्नुभयो ।

स्थानीय बासिन्दाहरुको चापलाई देखेपछि महारथी क्षेत्रीले मानविय सेवामा सेना सधै समर्पित रहेको तथा गरिव असहायको सेवा गर्न कटिबद्ध रहेको उहाँले बताउनुभयो ।
शिविरमा सबभन्दा बढी पाठेघर, हर्निया, फिस्टुला, बबासीर, भगन्दर, मसा लगायतको शाल्यक्रिया भइरहेकोले उपचार गराउनेहरुको भीड़ लागेको हो । ग्रामीण भेगबाट अधिक सँख्यामा महिला पुरुष स्वास्थ्य परिक्षण गराउनका लागि आइरहेकोले व्यवस्थापन गर्न समस्या भइरहेको छ ।

हजारौको संख्यामा रोगीहरु आउदै गरेको र बिहानै देखि लाइनमा उभिने गरेको नेपाली सेनाका चिकित्सक उदय बज्रले बताउनुभयो ।



About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..