» » मधेशी मोर्चाले भोली ११ बजे समर्थन फिर्ताको पत्र बुझाउने र निर्वाचन कार्यालयमा ताला लगाउने


काठमाडौ चैत २ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध दलले भोली ११ बजे सरकारबाट समर्थन फिर्ता लिएको आधिकारीक जानकारी सभामुख ओन्सारी घर्तिमगरलाई गराउने भएको छ ।

आज तमलोपाको कार्यालयमा बासेको मोर्चाको बैठकले सो निर्णय गरेको हो । आजै संघीय समाजवादी फोरम नेपालले समर्थन फिर्ताको जानकारी लिखित रुपमा गराई सकेको छ ।

त्यस्तै, चैत ३ गतेदेखि स्थानीय तहको चुनावको कार्यक्रमलाई असहयोग गर्ने निर्णय गरेको छ । साथै चैत १३ गते सप्तरीलगायत मधेशका प्रत्येक जिल्लामा श्रद्धाञ्जलीसभा गर्ने गर्ने र चैत १५ गते जिल्ला निर्वाचन कार्यालयमा तालाबनदी गर्ने निर्णय समेत गरेको छ ।

१) चैत्र ३ गतेदेखि असहयोग एवं अवज्ञा आन्दोलन
२) चैत्र १३ गते राजविराजसहित सम्पूर्ण जिल्लामा श्रद्धाञ्जली सभा
३) चैत्र १५ गते सबै जिल्लाको निर्वाचन कार्यालय घेराउ

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..