पर्सा, चैत १४ गते । पर्सा जिल्ला विश्रामपुरमा आज विहान एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।
उक्त शव विश्रामपुर– ६ का अन्दाजी ३५ वर्षीय अनोद साह कलवारको रहेको प्रहरीले जनाएको छ । स्थानीयवासीले आज बिहान खेतमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतक कलवारको हातको औँला र शरीरका केही अङ्ग जङ्गली जनावरले खाएको अवस्थामा पर्सा प्रहरीले फेला पारेको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय, पर्साका प्रहरी उपरीक्षक गोविन्द साहले बताउनुभयो ।
शव परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पतला वीरगन्जमा पठाइएको प्रहरीले जनाएको छ ।
No comments: