» » पाँच वजे प्रचण्डले बोलाए मधेशी मोर्चालाई

काठमाडौ चैत ३ गते । प्रधानमन्त्री प्रचण्डले आज मधेशी मोर्चाका नेताहरुलाई वार्ताका लागि बोलाउनु भएको छ ।

मधेशी मोर्चामा आवद्ध दलहरुले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई गराइसकेपछि प्रचण्डले वार्ताका लागि बोलाउनु भएको मोर्चाका एक नेताले बताउनुभयो ।

हिजो पनि प्रचण्डले मधेशी मोर्चासँग छलफल गर्नुभएको थियो ।

छलफलमा प्रचण्डले सिमांकन बाहेक संशोधन विधेयकमा रहेका विषय पारित गराउने प्रस्ताव गरेका थिए तर सो प्रस्तावमाथि मोर्चाले विश्वास नगरेपछि उहाँले छलफलका लागि बोलाउनु भएको हो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..