काठमाडौ चैत ८ गते । सद्भावना पार्टीले तय गरेको महाधिवेशन स्थगित भएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्दोलनमा रहेको कारण देखाउँदै महाधिवेशन स्थगित गरिएको छ ।
जेठ १ गतेदेखि ३ गतेसम्म हुने भनिएको महाधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको सद्भावना पार्टीको कार्यसम्पादन बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यद्यपी महाधिवेशनसँग सम्बन्धित अन्य तयारीका कार्यक्रम जारी राख्ने निर्णय भएको प्रवक्ता मेहताले जानकारी गराउनुभयो ।
चैत २० गतेसम्म सक्रिय सदस्यताका लागि निवेदन लिने, चैत २४ गतेदेखि ३१ गतेसम्म गाविस तथा वडा, बैशाख २ गतेदेखि ४ गतेसम्म नगरपालिका, साथै बैशाख ५ गतेदेखि ९ गतेसम्म क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

No comments: